Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एकीकरणको छलफलले विभाजन हुँदै दल (भिडियाे रिर्पाेट)


728
Shares

माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णय गरेपछि एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने निर्णय गरेको छ । समाजवादीसँगको एकीकरणको विषयलाई लिएर माओवादी केन्द्र भित्र समेत विवाद बढ्दो छ ।

यसले कम्युनिष्ट एकताको कुरा गरिरहने र केही मानिस जोडिने स्थीति त बनेको देखिन्छ तर यही विषय दल विभाजको कारण पनि बनेको छ । पछिल्लो एकीकरणले माओवादी केन्द्र, एकीकृत समाजवादीदेखि नेत्र विक्रम चन्द नेतृत्वको नेकपासम्ममा हलचल ल्याउने देखिएको छ ।

नेकपा माओेवादी केन्द्रले एकीकृत समाजवादी लगायतका विचार मिल्ने दलहरुसँग एकताको प्रयास अगाडि बढाउने भनेर छलफल थालेको लामो समय भयो । तर उसले सोचेजस्तो गरि परिस्थिति सिर्जना भएन, एकीकृत समाजवादी तयार भयो तर विभाजन हुने स्थीति बन्यो ।

उता चन्द नेतृत्वको नेकपा समेत विवाद नै हुने स्थीतिमा पुग्यो । यसले माओवादीसँग जोडिने आउने शक्तिहरुमा समस्या देखा प¥र्यो । त्यो उसँग जोडिन आउने दलसँग मात्रै होइन, माओवादी केन्द्र भित्र पनि देखिएको छ । नेता जर्नादन शर्माले त खुलेरै यसको विरोध नै गर्नुभएको छ । उहाँको भनाइ छ अहिले चालिएको कदम उपयुक्त छैन ।