काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् ।
काठमाडौंका मेयर शाहको स्टाटसको आलोचना भइरहेका बेला धरान उपमहानगरका मेयर साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालबाटै मेयर शाह लक्षित स्टाटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् । उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस् !’





प्रतिक्रिया दिनुहोस्