Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


शिक्षामन्त्री पुनको स्टाटस– सर्को तानेको बेला केही पनि नबोलौं, नलेखौं


2k
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको चर्चा भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।