Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै


715
Shares

काठमाडौं । महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैैछन्।

फाइनल प्रतिस्पर्धा भारतको मुम्बईस्थित डिवाई पाटिल रंगशालामा आइतबार दिउँसो ३स्१५ बजे सुरु हुँदैछ। भारत अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो भने दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको हो।

भारत यो मैदानमा अपराजित छ। दक्षिण अफ्रिकाले भने यो मैदानमा पहिलो पटक खेल्न लागेको हो।

आयोजक भारत आफ्नै मैदानमा विश्वकप जित्न चाहन्छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।