Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने माओवादी केन्द्रकाे निष्कर्ष

जनादर्न शर्माको गतिविधि अराजनीतिक र अलोकतान्त्रिक भएको आरााेप

676
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरु टुंगो लागिसकेको बताउनुभयो । प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उहाँकाे भनाइ छ।

नेता सापकाेटाले पार्टी एकतामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी र सुवास काफ्ले लगायतको पार्टीहरुसँग पार्टी एकता हुने बताउनुभयो। उहाँले अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरुको पहलकदमी ढिलाइ हुने बताउनुभएकाे छ। देश झन झन अराजकता र संकटतिर गइरहेको उहाँकाे तर्क थियाे। मिल्नसक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको उहाँले बताउनुभएकाे छ।

माओवादी केन्द्र नफुट्ने दावी गर्दै नेता सापकाेटाले पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक र अलोकतान्त्रिक भएको आरोप लगाउनुभयो ।