Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


जेनजी आन्दोलनकाे संस्थागत नयाँ जनादेशबाट मात्रै हुन्छः जेनजी प्रतिनिधि


130
Shares

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको जेनजी अभियान्ताहरुले बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित ‘जेनजी विद्रोह र अबको बाटो’ नामका कार्यक्रममा सहभागीहरुले निर्वाचनबाट कोही भाग्न नहुनेमा जोड दिएका हुन् । जेनजी प्रतिनिधि संसाद अहमदले समाजका भएको भ्रष्टाचार, बेरोजगार, समाजिक विभेदका कारण गत भदौ २३ गतेकाे जेनजी विद्रोह भएको बताउनुभयो। उहाँले जेनजी विद्रोहलाई संस्थागत गर्ने अबको मूल बाटो नै चुनाव भएको जिकिर गर्नुभएकाे छ।

निर्वाचनपछि आएको जनादेशले जेनजी आन्दोलनलाई संस्थागत गर्ने उहाँको भनाइ थियाे। उहाँले केही जेनजी प्रतिनिधिहरु निर्वाचन भाँड्न प्रयासरत रहेको उल्लेख गर्दै सबैले चुनावमा सहभागी हुनुपर्ने बताउनुभएकाे छ। जेनजी प्रतिनिधिहरुले भदौ २३ गते राज्यले गरेको दमनको कारण भदौ २४ को घटना भएको बताउनुभएको छ ।

भदौ २४ लाई मात्रै उचालेर जेनजीहरुको बलिदानीलाई दबाउन खोजिएको पनि उनीहरुको आरोप थियाे।