Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘विद्युत बक्यौता उठाउने मेरो इमानदार प्रयास हो’: ऊर्जामन्त्री घिसिङ

'इमानदार प्रयास गर्दा उल्टै दबाब सिर्जना गर्न खोजियाे, तर यस्ता गतिविधिप्रति सचेत र सतर्क छु'

2.3k
Shares

काठमाडौं । ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता उठाउन आफूले इमानदार प्रयास गरेको बताउनुभएकाे छ।

उहाँले शनिबार सामाजिक संजालमार्फत आफ्नाे धारणा सार्वजनिक गर्दै इमानदार प्रयास गर्दा उल्टै दबाब सिर्जना गर्न खोजिएको बताउनुभएकाे हाे। मन्त्री घिसिङले अहिले पनि आफू महशुल उठाउने कुरामा दृढता र निष्ठाका साथ उभिएको प्रष्ट पार्नुभयाे। बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा, सञ्चार माध्यम, सामाजिक सञ्जाल र श्रमिकहरू मार्फत भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेको उहाँकाे भनाइ छ । तर आफू यस्ता गतिविधिप्रति सचेत र सतर्क रहेकाे समेत मन्त्री घिसिङकाे बताउनुभयाे।

मन्त्री घिसिङ सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छ: