Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते


169
Shares

काठमाडाैं । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

षडानन्द नगरपालिका–४ मा शनिबार ट्याक्टर दुर्घटनामा परी अन्य ४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बिका १७ वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेकाे प्नहरीले बताएकाे हाे। उनीहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

Skip This