Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कांग्रेसकाे पदाधिकारी बैठक निष्कर्षविहीन


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकाकाे बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ।

पार्टीको महाधिवेशन आगामी निर्वाचन अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि शनिबार पदाधिकारी बैठक बसेको हाे। तर शनिबारको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयाे। उहाँले छलफल सकारात्मक भएको तर अहिलेसम्म कुनै निष्कर्षमा भने नपुगेकाे जानकारी दिनुभयाे । केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा जोड एकमत रहेकाे उहाँकाे भनाइ छ।

प्रवक्ता महतले आइतबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक निरन्तर बस्ने पनि जानकारी दिनुभयाे। शुक्रबार महामन्त्री गगन थापाले आगामी पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेश गर्ने अडान लिनुभएकाे थियाे।

तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि हिजो बैठक बस्ने नबसी स्थगित गरिएको थियो।