Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


एमालेको सचिवालय बैठक भक्तपुरमा जारी (तस्बिरसहित)


546
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरमा जारी रहेकाे छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेकाे हाे । बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे। बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाकाे बारेमा बैठकले निर्णय गर्ने उहाँकाे भनाइ छ ।

यस पटकको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि चयन हुनसक्ने प्रारम्भिक अनुमान एमालेले गरेकाे छ । विगतमा चितवनकाे सौराहामा भएकाे १० औं महाधिवेशनमा आयोजकसहित १ हजार ९ सय हाराहारीमा प्रतिनिधि भएकाे एमालेले जनाएकाे छ।