काठमाडौं । प्रतिकूल मौसमको कारण ३ वटा विमानस्थलमा उडान अवरुद्ध भएको छ।
बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो । पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा जारी रहेकाे छ।
आइतबारदेखि देशका अधिकांश भू-भागमा मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्