Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


बागमतीसहित देशका ६ प्रदेशमा आज दिउँसाे र राति वर्षा र हिमपात हुने


2.8k
Shares

काठमाडाैं। नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

त्यस्तै, शनिबार दिउँसाे भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। साथै बाँकी प्रदेशमा आंशिक बदली रहने भएकाे छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात हुने भएकाे हाे। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, शनिबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली हुने भएकाे हाे। बाँकी प्रदेशमा भने आंशिक बदली हुने भएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।