Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्, यो घर तपाईहरूको पसिना र रगतले बनेको हो’: अध्यक्ष ओली


3.1k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएकाे छ।

अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुलाई आफ्नै घर एमालेमा फर्किन उहाँले आह्वान गर्नुभएकाे हाे। उहाँले आफूले विगतमा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहेकाे समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्, यो घर तपाईहरूको पसिना र रगतले बनेको हो।’उहाँले सबै काँधमा-काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिँदै देशको स्वाधीनता,लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बाल्नुपर्ने बताउनुभयाे।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ: