Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


अहिलेको परिस्थिति आउनुमा नेता र जनता दुवै दोषी: अध्यक्ष केसी


351
Shares

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको बताउनुभएको छ।

रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताउनुभयो । उहाँले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो समेत गर्नुभएकाे छ। जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो,- ‘अहिलेका जुन विकराल परिस्थिति छ।भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर भिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।’

अध्यक्ष केसीले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाउनुभयो ।