 
	    काठमाडाैं । १५औं महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चुलिंदै गएको छ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा फरक-फरक अडान रहेका कारण विवाद झन् झन् पेचिलो बन्दै गएको हाे । महाधिवेशन कार्यतालिको विषयलाई लिएर महामन्त्री गगन थापाले बिहीबारको केन्द्रीय समितिको बैठक नै बहिष्कार गर्नुभयो भने थापाकै अडानका कारण शुक्रबारको केन्द्रीय समिति बैठक समेत स्थगित गर्नुपरेको छ। के-के विषयमा देखिएको छ त कांग्रेसभित्र विवाद ?
कांग्रेसभित्र पछिल्लो पटक संस्थापन इतर पक्ष, जसलाई महामन्त्रीद्वय गगन थापा-विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले नेतृत्व गर्नुभएको छ।उनीहरु कुनै पनि हालतमा आगामी पुस भित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर संस्थापन पक्ष अहिले नै महाधिवेशको कार्यतालिका पेश गर्ने र पुसमा महाधिवेशन होस भन्ने चाहानामा देखिदैन। त्यसकै परिणाम स्वरुप पछिल्ला बैठकहरु प्रभावित भइरहेका छन ।
१५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने स्थिति नबनेपछि महामन्त्री थापाले बिहीबारको बैठक नै बहिष्कार गर्नुभएको थियो । शुक्रबार १ बजे बस्ने भनिको बैठक अगाडि संस्थापन इतर पक्षले आन्तरिक र संस्थापन पक्षसँग अनौपचारिक छलफल पनि निकास निस्किने स्थिति नबने पछि बैठक आइतबारसम्मका लागि स्थगित गरियो । सकेसम्म साझा धारणा बनाएर अगाडि बढौं भन्ने भएकाले थप छलफल गरेर जाँउ भन्ने निष्कर्षमा पुगिएको पाटी प्रवक्ता प्रकाशशहरण महतको दावी छ।
महामन्त्रीहरुसहितका संस्थापन इतर पक्षको जोड अहिले माहोल तातेकै अवस्थामा महाधिवेशन गर्न सकिए नेतृत्व परिवर्तन गरी आफ्नो पक्षमा पार्न सकिन्थ्यो भन्ने देखिन्छ । कांग्रेसको अहिलेको कार्यसमितिको अवधि मंसिरमा सकिंदैछ । विधान अनुसार एक वर्ष समय थप गर्न सकिने व्यवस्था पनि छ । तर त्यो प्रावधानलाई टेकेर अगाडि बढ्न नदिनकै लागि भन्दै करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले त विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर नै बुझाएका छन् ।
 यस्तो परिस्थितिमा तत्काल कार्यतालिका सार्वजनिक गरेर जाने वा चुनावपछि भन्ने विषय नै विवादको मुख्य विषय हो । महामन्त्री थापाले आामी पुसमा महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरिरहनुभएकाे भएकाे छ। जसमा अर्का महामन्त्री शर्मादेखि नेता कोइरालासम्मको सहमति छ। तर संस्थापन पक्ष भने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा पहिला निर्वाचन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्नेमा प्रवक्ता महतकाे जाेड छ।
कांग्रेसभित्र देखिएको यो विवाद कहिले महाधिवेशन गर्दा नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने हिसाब किताबसँग सम्बन्धित छ । जेनजी आन्दोलनमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिएर उपचार गर्न बाहिर विदेश जानुभएको छ। त्यसैले पनि त्यो पक्षको आधिकारिक निर्णय गराउने जिम्मा समेत खड्कासँगै छ। जसले गर्दा पनि उनीहरु तत्काल आफ्नो पक्षमा माहोल बन्ने देखेका छैनन् ।
उता, संस्थापन इतर पक्षले यसलाई उपयुक्त मौकाका रुपमा हेरेकै कारण समाधान भन्दा विवाद थप बल्झिने प्रष्टै देखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्