Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


काठमाडौंबाट फोहोर लिएर गएका गाडी बाटोमै रोकिए


1.1k
Shares

काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि बाटोमै रोकिएका छन्।

साेही क्षेत्रका स्थानीयवासीसँग वार्ताको प्रयास भए पनि अझै समाधान निस्किएको छैन । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ-आफ्नो घर, पसल तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका हुन् ।