 
	    काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह छाएको छ।
हप्ताकाे अन्तिम दिन बिहीबार बजार परिसूचक ३४ दशमलव २२ अंकले बढेको हो । योसँगै परिसूचक २ हजार ६ सय दशमलव ३८ विन्दुमा पुगेको छ । बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ । बजारमा २ सय १६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको हाे।
म्युचुअलफ फण्ड बाहेक बजारका सबै समूहको सूचक बढेको छ । हाइड्रोपावर क्षेत्रमा सबै भन्दा बढी २ प्रतिशत माथिको वृद्धि भएको हाे । बजारमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत र सुपर मादी हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । एनअईबीएल स्ट्याबल फण्ड ५ दशमलव ७० प्रतिशतसहित सबै भन्दा बढी घट्ने स्क्रिप बनेको हाे ।
कारोबारका आधारमा हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ । राधी जलविद्युत् र नेपाल पुनर्बीमा कम्पनी ३० करोड भन्दा बढीको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेकाे नेप्सेले जनाएकाे हाे।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्