Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै


7.1k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ।

न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्नेछ। यसअघि दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिइएको थियो।

लामिछानेले बिगोअनुसार रकम बुझाइ थुनाबाहिरै रहेर मुद्दा लड्न माग गर्दै निवेदन दिएका छन्। जिल्ला अदालत रूपन्देहीले निवेदन खारेज गरेपछि उनी उच्च अदालत पुगेका हुन्।