Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


सरकार, राजनीतिक दल र जेनजी युवासहितकाे त्रिपक्षीय बैठक बालुवाटारमा जारी


442
Shares

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी युवासहितकाे त्रिपक्षीय बैठक शुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेही बैठक शुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्ता गर्न लागेको हो । जसलाई सरकारले त्रिपक्षीय वार्ता भनेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराउनुभयाे। यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।

यसेबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारले गरेकाे हाे।