काठमाडाैं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५ अंकले घटेको छ।
बजार बन्द हुँदा नेप्से ५ दशमलव १७ अंकले घटेको हाे । नेप्से ० दशमलव २० प्रतिशतले घटेर २ हजार ५ सय ६६ बिन्दुमा परिसूचक पुगेको छ। बुधबार दिनभरिमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २ सय ८४ कित्ता शेयर कारोबार भएको छ। बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ।
१ सय ५९ वटा कम्पनीको शेयर मूल्य भने घटेको हाे । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरीमा ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४ सय ८७ पटक शेयर किनबेच भएको हाे । ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ९ समूह घटेको छ। बाँकी ४ समूह भने बढेको हाे।
बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको नेप्सेले जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्