काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो। प्रत्येक २-२ वर्षमा राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन हुने गर्छ।
सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची- २ मा हेरफेर गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया दिनुहोस्