Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


आगामी मंसिरमा हुने आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुन्छ: दुर्गा प्रसाई

आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध

9k
Shares

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग छलफल गरेको छ।

आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो । प्रसाईले आगामी मंसिर ७ गतेदेखि आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो । आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिनुभयो । उहाँले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, व्यक्तिका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोड्फोड गर्ने आन्दोलन नभएको दावी गर्नुभएकाे छ।

उहाँले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताउनुभयो । व्यवस्था परिवर्तन गर्नको लागि आन्दोलन गर्न लागेको समेत उहाँले बताउनुभएकाे छ। उहाँले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्याँस र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गर्नुभयो । आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उहाँले बताउनुभएकाे छ।

प्रसाईले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गर्नुभयो ।