Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


सबै सुरक्षाकर्मी फिर्तापछि माधव नेपाल सरकारी सुरक्षाबिना नै बैठकमा पुगे


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबारदेखि शुरु हुने भएकाे छ।

बैठक यहि कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा संचालन हुने भएकाे हाे । साेही बैठकमा भाग लिन पार्टी अध्यक्ष माधव कुमार नेपाल लगायतका नेता बैठक स्थलमा पुगेका छन् । अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठक स्थलमा देखिनुभएकाे हाे । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ।

नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम गत असारमा बुझाएर अध्यक्ष नेपाल रिहा हुनुभएकाे थियाे।