काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि वियरिस बनेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार उच्च अंकले बढेकाे छ।
दशैं, तिहार र छठ जस्ता पर्वहरुको सकिएपछि बजारमा उछाल आउन शुरु भएको हो । बजार खुलेदेखि नै बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ६२ दशमलव २९ अंक बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा मंगलबार ३ सय १४ वटा स्टकको ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको हाे।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ब्यापार बाहेक अरु १२ वटा उपसमूह बढेका छन् । विकास बैंक उपसमूहमा सबै भन्दा ४ दशमलव ४७ प्रतिशतको वृद्धि आएको छ । न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी राधी विद्युत कम्पनीको शेयर मूल्य साढे ९ प्रतिशत भन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।
हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६ प्रतिशत ३६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारहिमालयन पावर पार्टनरको सर्वाधिक २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको २३ करोड र राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्