Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


चाडपर्व सकिएसँगै शेयर बजार ६२ अंकले बढ्याे


208
Shares

काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि वियरिस बनेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार उच्च अंकले बढेकाे छ।

दशैं, तिहार र छठ जस्ता पर्वहरुको सकिएपछि बजारमा उछाल आउन शुरु भएको हो । बजार खुलेदेखि नै बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ६२ दशमलव २९ अंक बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा मंगलबार ३ सय १४ वटा स्टकको ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको हाे।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ब्यापार बाहेक अरु १२ वटा उपसमूह बढेका छन् । विकास बैंक उपसमूहमा सबै भन्दा ४ दशमलव ४७ प्रतिशतको वृद्धि आएको छ । न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी राधी विद्युत कम्पनीको शेयर मूल्य साढे ९ प्रतिशत भन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।

हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६ प्रतिशत ३६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारहिमालयन पावर पार्टनरको सर्वाधिक २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको २३ करोड र राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएकाे हाे।