Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


सिंहदरबारमा चहलपहल बढ्यो


1.3k
Shares

काठमाडाैं । नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मंगलबारदेखि चहलपहल बढेको छ।

पर्वमनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो। सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवत-जावत बढेको देखिन्छ । तिहार पर्वको भाइ-टीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा थियो।

तिहारपछि आइतबार एक दिन मात्र कार्यालय खुला भएता पनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो । अधिकांश कर्मचारीहरू अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्यून छ। सोमवार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे । तर मंगलबारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् । सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहल पहल बढेको हाे।

गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि तीव्र भएको संकेत गर्छ।