Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनकाप्रति गम्भीर भएका छौँ : गृह मन्त्रालय


507
Shares

काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ लाग्न आग्रह गरिएको छ । त्यसैले धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन विज्ञप्तिमार्फत् सचेत गराइएको छ ।

“हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको” विज्ञप्तिमा भनिएको छ ।