Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


कैलालीमा आफन्तकाे घर गएका बेला नहरमा डुबेर ३ जनाको मृत्यु


273
Shares

कैलाली । कैलालीको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरकी १० वर्षीया मानसी बजगाई र निशा बजगाईलाई स्थानीय र प्रहरीले बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि टिकापुर अस्पताल पुर्‍याएको थियो।

तर उपचारको क्रममा दिउँसो करिब १:३५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतक बालिकाहरूको शव पोष्टमार्टमका लागि टिकापुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।