Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


बालेन भन्छन्- आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो


7.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् ।

‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “…चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

मेयर बालेनको फेसबुक स्टाटस पढ्नोस्–
तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,
यो देश विदेशीले बिगार्‍यो,
भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,
अरूलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ,
कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !
चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?