१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


डुंगा डुब्दा १८० भन्दा बढी मानिस बेपत्ता


0
Shares

जकार्ता, असार ६ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् ।

इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको समयमा मौसम बिग्रिएकाले धेरैजसो यात्रु जहाज भित्रै च्यापिएको विश्वास गरिएको छ ।

उद्धारकर्ताहरुले १८ जनालाई भने जिवितै उद्धार गरेको जनाएका छन् । 

इण्डोनेसियामा ४० प्रतिशत डुंगा दुर्घटना मानवीय त्रुटीका कारण र १२ प्रतिशत खराब मौसमका कारण हुने गरेको तथ्यांक छ । (एजेन्सी)