काठमाडौँ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको हो ।
सुनको मूल्य प्रति औंस ५.४१ प्रतिशत ले घटेर अहिले ४,१०९ अमेरिकी डलर मा झरेको छ, जुन पछिल्लो समयकै भारी गिरावट मानिएको छ ।
यसको तुलनामा चाँदीको मूल्यमा अझ भीषण गिरावट देखिएको छ । पछिल्लो विवरणअनुसार चाँदीको मूल्य ८.१८ प्रतिशत ले घट्दै ४८ डलर प्रति औंस मा झरेको छ ।
तर, अल्पकालीन गिरावट भए पनि विगत ३० दिन यता सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएकाे छ । यस समयमा सुनको मूल्य १६.१० प्रतिशत ले र चाँदीको मूल्य १९.०२ प्रतिशत ले बढेको छ ।





प्रतिक्रिया दिनुहोस्