Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै


325
Shares

काठमाडौं ।

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट बिहान शवयात्रा शुरु गरी महाकाली नदीको भुजेला घाटमा लगी दाहसंस्कार गरिनेछ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायलले उनको मृत्यु पुष्टि गरेको थियो।

इजरायलले सोमबार जोशीको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको शव धनगढी विमानस्थल हुँदै उनको घर लगिएको हो।

यस क्रममा राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको थियो। राजदूतसहितको इजरायली प्रतिनिधिले विपिन जोशीको घरमा पुगेर परिवारलाई बुझाएको हो।