
काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएकाे छ । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाउनुभएकाे हाे ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाउनुभएकाे हाे ।
उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेख्नुभएकाे छ । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्