Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


गंगाले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा


507
Shares

काठमाडाैं ।

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिनुभएकाे छ।

निरन्तर आफूलाई माध्यम बनाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनावद्ध रूपमा प्रहार भइरहेको भन्दै उनले राजीनामा दिनु भएकाे हुन्।

गंगाले पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने प्रतिबद्धता जनाउँदै सबै नेता, कार्यकर्ता तथा नागरिकको सहयोगप्रति आभार व्यक्त गर्नुभएकाे छ ।

साथै, उहाँले आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराउनुभयाे ।