Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


विपिनको शव काठमाडौँ ल्याइँदै, श्रद्धाञ्जली दिन प्रधानमन्त्री विमानस्थल जाने


598
Shares

काठमाडाैं ।

इजरायलमा हमासको आक्रमणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदैछ।

प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ।

त्यसपछि नेपाली सेनाको विमानमार्फत शवलाई धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी भएको छ। जोशीको मृत्यु २०२३ को अक्टोबर ७ मा हमास आक्रमणपछि भएको पुष्टि गरिएको हो।