Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गृहमन्त्रीले त्यत्तिकै भाग्यो भन्न मिल्छ : दीपक खड्का


1.2k
Shares

काठमाडौं ।

पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई विदेश भागेको भनी प्रचार गरिएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।

आगो लागेको बूढानीलकण्ठस्थित आफ्नै घरको कम्पाउन्डमा पत्रकार सम्मेलन गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको अवस्थामा सरकार र गृहमन्त्रीले भागेको भनेर जनतालाई भ्रममा पारेको गुनासो गर्नुभयो।

‘सरकारले वारेन्ट जारी गरेको छैन, न चिठी काटेको छ। म भागे भन्न मिल्छ ?’ खड्काले प्रश्न गर्नुभयो । उनले भदौ २४ गते घरमा आगजनी भएपछि केही दिन सेनाको सुरक्षामा बसेको र त्यसपछि चितवन हुँदै छोराको डेंगी उपचारका लागि भारत गएका जानकारी दिनुभयाे । ‘११ दिन मेदान्त अस्पतालमा उपचार गराएँ, आफूलाई पनि डेंगी भयो,’ उहाँले भन्नुभयाे ।

गृह मन्त्रीको विदेश भागेको दाबीपछि भोलिपल्टै खड्का पत्रकारहरूसामु देखिनुभएकाे हाे । ‘चरित्र हत्या गर्न खाेजिएकाे दावी गर्नुभयाे । उहाँले प्रदर्शनकारीहरूले घरबाट २० र ५० रुपैयाँका नोटका बन्डल उडाउँदै फोटो खिचेको आरोप लगाउनुभयाे ।

खड्काले आफ्नो व्यवसायिक पृष्ठभूमिका कारण केही पैसा घरमा हुनु अस्वाभाविक नभएको बताउनुभयाे। ‘म मन्त्री हुनु पूर्व नै व्यवसायक मान्छे पनि हुँ,’ उहाँले भन्नुभयाे ।