Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शान्ति सुरक्षाको अवस्था भंग भएको छ : केपी शर्मा ओली


182
Shares

काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताउनुभएको छ ।

आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रधानमन्त्री हुदाँ सुरक्षा व्यवस्था कायम भएपनि हाल भंग भएको दाबी गर्नुभयो ।

देशमा त्रासदीको वातावरण सिर्जना भएको उहाँको भनाई छ । उहाँले हाल देश भताभुङ्ग भएको, अस्थिरता र अनिश्चयमा गएको बताउनु भयो । आफूले देश विकास र सार्वभौम सत्ताको संरक्षण गरेर अघि बढिरहेको उहाँको दाबी थियो ।

उहाँले देश, जनता र मानवजातीप्रति आफ्नो सधैँ बफदारिता रहने बताउनु भयो । उहाँले हाल पत्रकारहरु समेत असुरक्षित रहेको बताउनु भयो । उहाँले पत्रकारहरु लेखेकै आधारमा डराएर हिड्नुपर्ने, त्रसित भएर बस्नुपर्ने अवस्था आफु प्रधानमन्त्री हुँदा नरहेको पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरु कसैले अघि मैले लेखेको लेखको बापतमा, विषयमा हमला गर्लाकी भनेर पल्याकपुलुक हेरेर हिँड्नुपर्ने, डराउँदै हिँड्नुपर्ने, लेख्नुभन्दा अगाडी सेल्फ सेन्सरसीप गर्नुपर्ने, आफुले आफैलाई रिट्रिक्सन गर्नुपर्ने, त्रसित भावले गाईडेड हुने अवस्था थिएन भन्ने म दाबी गर्छु ।

अहिले साथीहरुलाई फेरि म सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ । किनभने त्रास छ नि मनमा । के भनेको हो मेरो बौद्धिकताले अलिकति भ्याउदिन । यो के भनेको हो रु शान्ति सुव्यवस्था थियो भंग भएको छ । निर्धक्कको वातावरण थियो त्रासदी भएको छ । देश विकासको बाटोमा अगाडी वढ्दै थियो, सार्वभौम सत्ताको संरक्षण गरेर अगाडी बढ्दै थियो, त्यो भताभुङ्ग भएको छ ।

अस्थिरतामा गएको छ । अनिश्चयमा गएको छ । कसैलाई मन परेपनि नपरेपनि यस देशप्रति मेरो बफादारिता छ । यस देशका जनताप्रति मेरो बफादारिता छ । मानव जातीप्रति मेरो बफादारिता छ ।’

उहाँले देशमा समृद्धि, समानता, शान्ति सुव्यवस्था विश्वसनिय ढंगले स्थापना हुनुपर्नेमा जोड दिनुभयो । सबैले आफ्नो जीउधन, अधिकार, सम्पतीको रक्षा पाउने र सुरक्षाको प्रत्याभुति हरेक मानिसमा हुनुपर्ने उहाँको भनाई छ ।