Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु


2k
Shares

काठमाडाैं । पर्सामा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको हाे ।

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, साहको मृत्यु भने बाटोमा नै भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।