Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


कांग्रेस महामन्त्री थापाको घरबाट फ्रिज चोरेको आरोपमा एक युवक पक्राउ


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट जेनजी युवा आन्दोलनको मौका छोपेर फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको जनाएकाे हो। थामीको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको प्रहरीले बताएका छ। गत भदौ २३ गते भएकाे भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीमाथि राज्य पक्षले दमन गर्दा एकैदिन २२ जनाको गोली लागेर ज्यान गएको थियो।

त्यसकाे भोलिपल्ट भदाै २४ गतेको आन्दोलनले विध्वंसको रुप लिएको थियो । संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतसहित महत्वपूर्ण संरचनामा आगजनी भएको थियो। शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोड्फोड भएको थियो।