Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा गजुरेल नियुक्त


5.2k
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिनुभएकाे छ।

शनिबार राति सम्पन्न भएकाे केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिनुभएकाे हाे । स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उहाँको भनाइ छ । नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।

किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त हुनुभएकाे थियाे । लामाे समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक-पटक अस्पताल भर्ना हुनुभएकाे थियाे ।

किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आउनुभएकाे थियाे। किरणको आगामी भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक रूपमा रहनुहुने भएकाे छ।

त्यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरेको छ ।