
काठमाडौं । हाल देशैभरी कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
त्यस्तै, आइतबार दिउँसो भने देशका ७ वटै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे हाे बाँकी भू-भागमा भने मुख्यतया माैसम सफा रहने भएकाे छ।
आइतबार राति भने देशैभरी मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएकाे हाे। सोमबार भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्