
काठमाडौं। जेनजी युवाकाे आन्दाेलनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज ४१ स्थानबाट फिर्ता भएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दाेलनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र ५ र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो । तर स्थिति सामान्य हुँदै गएपछि सेना फिर्ता भएकाे हाे। सुरक्षा चुनौतीलाई ध्यानमा राखेर अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले बताएको छ।
आन्दाेलनबाट सिर्जित आगजनी, तोड्फोड र दङ्गा जस्तो अप्ठ्यारो परिस्थितिमा ६ देखि ८ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाले बताएकाे छ।
प्रतिक्रिया दिनुहोस्