Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


देउवा दम्पतीमाथि आक्रमण गर्नेमाथि कारबाही गर्न नेविसंघको माग


1.5k
Shares

काठमाडौं ।

नेविसंघले सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण गर्न संलग्न रहेकाहरूमाथि कारबाही गर्न माग गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर माग पत्र बुझाउँदै सभापति देउवा दम्पतीमाथि आक्रमण गर्न संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न माग गरेका हुन्।

‘सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि सुनियोजित ढंगले भएको सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ विद्यमान कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्न माग गर्दछौं,’ अध्यक्ष शेर्पाले बुझाएको माग पत्रमा उल्लेख छ।

भदौ २४ को घटनालाई भड्काउने गरी टिप्पणी गर्ने र भिडलाई उत्तेजित बनाउने काम काठमाडौं महानगरका मेयर बालेन शाहले गरेको भन्दै नेविसंघले उनीहरूलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ।

घटनाक्रममा फौजदारी कसुरजन्य गतिविधिमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न पनि माग गरेको छ।