
काठमाडाैं। झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ।
उनीहरुकाे बिहीबार दिउँसाे सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताउनुभएकाे हाे।मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका २ छोरी ७ वर्षीया सुष्मा मगर, ९ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन्।
उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हाे।प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको बताएकाे छ।
प्रतिक्रिया दिनुहोस्