Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


सरकारले आगामी निर्वाचन निष्पक्ष ढंगले गर्नेमा माओवादी केन्द्रकाे आशंका


247
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेता पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँले बताउनुभयो । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उहाँको आरोप छ।

उहाँले सरकार राजनीतिक दलहरुकोविरुद्धमा लागिरहेको पनि जिकिर गर्नुभयो । सरकाले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने र मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उहाँको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उहाँले बताउनुभयो ।

नेता गुरुङले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गर्नुभएकाे छ।