Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


जेनजी भन्दै धम्क्याउने अर्जुन शाही पक्राउ


0
Shares

काठमाडौं ।

जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गई धम्क्याउने कार्यमा संलग्न अर्जुन शाही पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनले विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । शाहीले आफूलाई जेनजी भन्दै सरकारी कार्यालयका कर्मचारीहरूलाई धम्क्याउँदै आएका थिए ।