Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न: ओली


390
Shares

काठमाडाैं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे मात्रै आफूले पद छोड्ने बताउनुभएको छ ।

आज भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पार्नुभयो ।

आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताउनु भयो । ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताउनु भयो ।

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिनुभयो । ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको जिकीर गर्नुभयो । सरकारले निर्वाचन गराउने बाटै नसमातेको उहाँको आरोप छ ।

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याउनु भयो । ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी पनि दिनुभयो ।

आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत दाबी गर्नु भ्याउनुभयो । ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताउनुभयो ।