
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेकाे बताएकाे हाे । काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको काेठाबाट प्रहरीले बुद्धकाे मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ। उनले जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ मा बुढानीलकण्ठ स्थित देउवाको घरबाट सोही सामान लुटेको प्रहरीकाे अनुसन्धान निष्कर्ष रहेकाे छ ।
आरोपी लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्