
काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल, अखिल क्रान्तिकारीले संयुक्त रूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ।
सुवेदीले नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रूपैयाँ २ ट्रकमा निकालिएको दावी गर्नुभएकाे थियाे।
हालैको जेनजी आन्दोलन पश्चात देशलाई अस्थिर पार्ने उद्देश्यका साथ विभिन्न व्यक्ति तथा प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागहरूलाई अपहरण गरी भ्रम फैलाउने कार्य गरिरहेका भन्दै वाईसीएल र अखिल क्रान्तिकारीको टोलीले बुधबार साइबर ब्यूरोमा उजुरी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्