
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २२ दशमलव ५८ अंकले गिरावट आएको छ।
नेप्सेमा कारोबार भएका २ सय ६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से घटेर २ हजार ५ सय ५ दशमलव ५८ अंकको विन्दुमा आएको हो । नेप्सेमा गिरावट आए पनि कारोबार भएका कम्पनी मध्ये ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ ।
मंगलबारको तुलनामा नेप्सेमा बुधबार कारोबार रकम समेत खुम्चिएर ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको मात्रै भयो ।नेप्सेमा समता घरेलु लघुवित्तको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन् । समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन् ।
शेयर बजार परिसूचक घट्दा म्यूचुलअ फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्