Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


मधेश प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता यादवकाे पनि दावी पेश


1.1k
Shares

काठमाडाैं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दावी पेश गर्नुभएकाे छ।

यादवले बुधबार ५८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे हाे। कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएकाे छ।

यादवको दावी पेश गर्न एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए । यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्षा दावी पेश गरिसकेका छन् ।